Skip This
बालेनको अभिव्यक्तिप्रति उपत्यकाका १७ पालिकाको आपत्ति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १७ शुक्रबार १o:४९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बालेनको अभिव्यक्तिप्रति उपत्यकाका १७ पालिकाको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १o:४९:oo

बुढानीलकण्ठकी उपमेयर लामाले भनिन्– अराजक र गैरजिम्मेवार स्टन्ट कतिन्जेल हेरिरहने, सुनिरहने ?

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले बुधबार सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति काठमाडौं उपत्यकाका १७ पालिकाले आपत्ति जनाएका छन् । बालेनले सामाजिक सञ्जालमा १७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर मेयर फोरमको बैठक राखेको आरोप लगाएका थिए । 

सो बैठकको आयोजना गर्ने बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाले बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सिर्जना गरिदिई सबै चोर, देश बेचुवा, ‘काठमाडौं बिक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट उहाँले कतिन्जेल पाइरहने ? भन्दै प्रश्न गरेकी छिन् ।

‘मेयर बालेन्द्र साहज्यूले बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवं जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु । बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सिर्जना गरिदिई सबै चोर, देश बेचुवा, काठमाडाैं बिक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट उहाँले कतिन्जेल पाइरहने ? नेपवेस्टसँगको विषय टुंग्याउन स्वयं काठमाडौं महानगर बढी जिम्मेवार हुनुपर्ने बुझियो । तर, महानगर मेयरज्यूको यस्तो अराजक, गैरजिम्मेवार स्टन्ट मात्रै कतिन्जेल हेरिरहने, सुनिरहने ?’ लामाले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

मेयर फोरमको मंगलबार भएको बैठकमा फोरमका अध्यक्ष ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बैठकको एजेन्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रुलिङ गर्दै गर्दा बालेनले सुरुवातमै बोल्न पाउनुपर्ने भन्दै विवाद निकालेका थिए । बैठकको सुरुमै बोल्न नपाएपछि उनी निस्किएका थिए । बुधबार सामाजिक सञ्जालमा १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बैठक राखेकाले बैठक बहिष्कार गरेको भन्दै लेखेका थिए ।

मंगलबारको बैठकमा फोहोर व्यवस्थापनमा काम गरिरहेको निजी कम्पनी नेपवेस्ट प्रालिले आफ्नो प्रस्तुति राखेको थियो भने १७ नगरपालिकाका मेयर, उपमेयरले नेपवेस्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानीलगायतमाथि प्रश्न गरेका थिए ।