Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Saturday, 05 October, 2024
२o८o असोज १० बुधबार o७:१o:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १० बुधबार o७:१o:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणलाई कसरी हेर्नुभएको छ ?
 यो एउटा पहिलेदेखि नै चल्दै आएको द्विपक्षीय भ्रमणको निरन्तरता हो । यसबाट उच्चस्तरीय भ्रमणको औपचारिकता पूरा भएको छ । दुवै पक्षबीच ‘ह्याप्पी टक’ भएको छ । शिष्टतापूर्वक भेटघाट भएको छ । यसबाहेक यो भ्रमण खासै अर्थपूर्ण देखिएन । 

भनेपछि भ्रमणबाट कुनै उपलब्धि नै भएन भन्न खोज्नुभएको हो ?  
दुवै निकट छिमेकी देशका उच्च तहका नेताहरूबीच भेटघाट भयो । नेपाल र चीनबीच रहँदै आएको परम्परागत सम्बन्ध नवीकरण भयो । तर, यो भ्रमण अर्थपूर्ण भने देखिएन । यस्तो हुनुमा हाम्रो भ्रमणपूर्वको फितलो तयारी जिम्मेवार देखिन्छ । भ्रमणमा जाने निश्चित भइसकेपछि ६–८ महिनाअघिदेखि नै आवश्यक तयारी गरी यहाँ कार्यरत राजदूतसित परामर्श गरी आयोजनाहरू प्रस्तावित गर्न सकेको भए परिस्थिति फरक हुन सक्थ्यो । अफ्रिका र ल्याटिन अमेरिकामा समेत लगानी गर्न तयार हुने चीनले नेपालजस्तो निकट छिमेकीले प्रस्तुत गरेका राम्रा आयोजनामा लगानी नगर्ने प्रश्नै छैन । हामीले नेपालको आर्थिक विकासमा प्रभाव पार्न सक्ने आकर्षक र सम्भाव्य आयोजना तयार गरी तिनमा सके अनुदान र नसके सहुलियत ऋण लगानीका लागि प्रस्ताव गर्नुपर्ने थियो । तर, सरकार यसमा चुक्यो । 

विद्युत् व्यापारका क्षेत्रमा चाहिँ केही उपलब्धि भयो कि ?
त्यस्तो देखिएन । पहिले ४४० केभी प्रसारण लाइन बनाउने भनिएकामा अहिले २२० केभी प्रसारण लाइन बनाउने भनिँदै छ । प्रस्ट सहमति पनि भएको छैन । यहाँ पनि हाम्रो तयारी हुलुका देखियो, गम्भीर तत्परता देखिएन ।