Skip This
लुम्बिनीका गुम्बामा होटेलसरहको सुविधा दिएर पर्यटक नराख्न व्यवसायीको चेतावनी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o असोज ७ आइतबार १४:४४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनीका गुम्बामा होटेलसरहको सुविधा दिएर पर्यटक नराख्न व्यवसायीको चेतावनी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार १४:४४:oo

लुम्बिनी विकास कोषभित्रका गुम्बाहरूमा होटेलसरहको सुविधा दिएर सञ्चालन गर्ने वातावरण नबनाउन लुम्बिनी क्षेत्रका होटेल व्यवसायीहरूले आग्रह गरेका छन्। करोडौँ लगानी गरेर होटेल व्यवसायीहरूले सेवा दिँदा गुम्बाको नाममा व्यवसाय गर्न नपाइने उनीहरूले माग छ।
 
लुम्बिनी होटेल संघ नेपालको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा बोल्दै लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कुनै पनि हालतमा कोषभित्र गुम्बाको नाममा होटेल सञ्चालन गर्न नहुने बताए।

उनले लुम्बिनी विकास कोषभित्रका गुम्बाहरूमा होटेलसरहको सुविधा दिएर सञ्चालन गरे आन्दोलन गर्ने चेतावनी दिए। साथै उनले गुम्बा होटेलसरह सञ्चालन गरे व्यवसायीलाई जस्तै करको दायरामा ल्याउनुपर्ने र सबै होटेल व्यवसायीलाई विकास कोषले ठाउँ दिनुपर्ने माग गरे। सो अवसरमा बोल्दै अध्यक्ष ज्ञवालीले बैंकको ज्यादतीका कारण होटेल व्यवसाय डुब्ने स्थितिमा पुगेको बताए। 

मुलुकमा आर्थिक संकट हुँदा पनि बैंकको ज्यादती कायम रहेकाले होटेल लिलाम भएको र हुने क्रममा रहेको उनको भनाइ थियो। उनले बैंकले लगानी गर्ने समयमा तोकेको ब्याजदरभन्दा दुई गुणासम्म बढाउँदै जाने बैंकको कठोर नियमले पर्यटन व्यवसाय धराशायी हुँदै गएको बताए। 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अवस्था जर्जर रहेकाले समस्या समाधान गर्न हरेश नखाई आर्थिक विषयमा संवाद गर्न जरुरी रहेको बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको  सपना देखाएर निजी क्षेत्रले धेरै लगानी गरेकोमा अहिले लगानी डुब्ने स्थितिमा आएको उनको भनाइ थियो। 

सिद्धार्थ उद्योग वाणिज्य  संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जुन उद्देश्यले निजी क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरेको छ, अहिलेसम्म प्रतिफल प्राप्त नभएको बताए। राष्ट्र बैंकको ऐन–नियम नै कठोर बनाएकाले निजी क्षेत्र अगाडि बढ्ने स्थिति नरहेको उनले भनाइ थियो।  

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके)ले देशलाई उद्योगी–व्यवसायीले जोगाएको बताउँदै उनीहरूको संरक्षण गर्न सरकारको दायित्व रहेको बताए। 

व्यवसायीहरूको समस्या समाधानका लागि आफू पनि साथ दिन तयार रहेको उनले बताए। भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटकहरूलाई समान व्यवहार गर्न उनले आग्रह गरे। 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीमा पर्यटकको आगमन बढेकाले पर्यटन क्षेत्रमा सुधार भएको देखिएको बताए। स्थानीयसँग लुम्बिनी विकास कोषको सहकार्य गर्न नीतिगत व्यवस्थापन गर्न लागिएको बताए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख राजेन्द्र जयसवालले पर्यटकहरू सीधै लुम्बिनी विकास कोष जाने र फर्किने गरेकाले स्थानीयले यसको लाभ लिन नसकेको बताए। 

पर्यटन व्यवसायी हेम विष्टले सरकारले आध्यत्मिाक क्षेत्रमा खासै लगानी नगरी भौतिक र पूर्वाधार क्षेत्रमा मात्रै लगानी गरेको बताए।  गैडहवा गाउँपालिकका अध्यक्ष सुरेन्द्र पौडेलले मायादेवी मन्दिरपरिसरमा व्यवस्थापन राम्रो गरेर, पर्यटकलाई सहज र आकर्षित हुने माहोल बनाउन आग्रह गरे। 

लुम्बिनी होटेल संघको अध्यक्षमा पुनः ज्ञवाली

लुम्बिनी होटेल संघको अध्यक्षमा दोस्राे कार्यकालका लागि गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्। 

दुईवर्षे कार्यकालका लागि संघको वरिष्ठ उपाध्यक्षमा लीलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरणप्रसाद कँडेल, सचिव भूपेन्द्र गुरुङ र सहकोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्वाचित भएका छन्।

यस्तै, सदस्यमा टीकाकुमारी कट्टेल, पद्मा न्यौपाने, दीपक पँगेनी, एकराज कँडेल (सागर), कृष्णबहादुर, जगत थापा, धीरज भण्डारी र प्रदीप भट्टराई निर्वाचित भएका छन्।