Skip This
ग्लोबल आइएमई र बोटलर्स नेपालबीच फाइनान्सिङ सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ७ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ७ आइतबार o७:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र बोटलर्स नेपालबीच फाइनान्सिङ सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ७ आइतबार o७:४४:oo

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल ‘तराई’बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल ‘तराई’का उत्पादनहरू खरिद गर्न आधिकारिक डिस्ट्रिब्युटर्सलाई आवश्यक चालू पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल ‘तराई’का आधिकारिक डिस्ट्रिब्युटर्सले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिलनाथलगायत दुवै संस्थाका वरिष्ठ अधिकृतको उपस्थिति थियो ।