१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Saturday, 22 June, 2024
गगन अयडी बाजुरा
२o८o असोज १ सोमबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बुढीनन्दामा बृहत् प्रजनन स्वास्थ्य शिविर सञ्चालन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १३:२७:oo

बुढीनन्दा नगरपालिकाको आयोजना, युएनएफपिएको समन्वय र आड्रा नेपालको सहयोगमा महिलाहरूका लागि दुईदिने बृहत् प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहाेराले उद्घाटन गरेको शिविरबाट चार सय एकजनाले सेवा लिएका छन्। प्रजनन उमेर समूहका महिलाका लागि निःशुल्क सेवा सञ्चालन गरेको नगरप्रमुख बोहाेराको भनाइ छ।

बाजुराका दुर्गम क्षेत्रमा रहेका महिला आर्थिक अभाव र चेतनाको कमीले रोग लुकाएर घरमै बस्ने गरेका छन्। उनीहरूलाई लक्षित गरी गाउँमै निःशुल्क शिविर सञ्चालन गरेको बोहाेराले बताए।

बृहत् प्रजनन स्वास्थ्य शिविरमा महिलामा पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्नेजस्ता  १० वटा रोगको उपचार गरिएको स्त्रीरोग विशेषज्ञ डा. मधु तुम्बाहाम्फेले बताए।

शिविरमा आएकी स्थानीय जैला खड्काले भनिन्, ‘एक–दुई दिनको पैदल बाटो हिँडेर कोल्टी स्वास्थ्य केन्द्रमा जाने गरेका थियौँ। तर, त्यहाँ जाँदा–आउँदा एक हजार देखि एक हजार पाँच सय रुपैयाँसम्म  भाडा मात्रै खर्च हुन्छ।’

७० वर्षीया सेतु गिरीले यसअघि आफू सामान्य उपचारका लागि धनगढी र नेपालगन्जलगायतका अन्यत्र जाने गरेको बताइन्। अहिले गाउँमै शिविरबाट सेवा पाएपछि उनले खुसी व्यक्त गरिन्।

ad
ad
ad
ad