Skip This
आफूखुसी फुली लगाउने  ४२ नगरप्रहरी निलम्बित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २८ बिहीबार o८:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आफूखुसी फुली लगाउने  ४२ नगरप्रहरी निलम्बित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o८:५५:oo

आफूखुसी असइको फुली लगाउने ४२ नगर प्रहरीलाई काठमाडौं महानगरलपालिकाले निलम्बन गरेको छ । महानगरले ती नगर प्रहरीलाई ३० दिनका लागि निलम्बन गरेको हो । 

‘महानगले औपचारिक कार्यक्रम आयोजना गरेर दर्ज्यानी चिह्न दिनुपर्ने भए पनि उहाँहरूले आफूखुसी आजैदेखि फुली लगाएर हिँड्नुभएको रहेछ । उहाँहरूले अनुशासनविपरीतको कार्य गर्नुभएकाले निलम्बन गरिएको हो,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने ।

उनका अनुसार ती नगर प्रहरीहरूलाई ३० दिन निलम्बन गरेर छानबिन गर्न समितिसमेत गठन गरिएको छ । महानगरले उनीहरूलाई गत २५ असारमा बढुवा गरेको थियो । उनीहरू सहायकस्तर तेस्रो तहबाट सहायकस्तर चौथोमा बढुवा भएका थिए ।

प्रदेश निजामती ऐन ०७९ जारी भएपछि छैटौँ र आठौँ तहबाहेकका कर्मचारीको स्वतः बढुवा हुने व्यवस्था थियो । तर, महानगरले ऐनबमोजिम बढुवा नगरेपछि ती कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । अदालतले उनीहरूका पक्षमा फैसला गरेपछि महानगरले बढुवा गरेको थियो ।