१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०८० भदौ २४ आइतबार ०७:२५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेमार ब्राजिलको सर्वाधिक गोलकर्ता

Read Time : > 1 मिनेट
एजेन्सी
२०८० भदौ २४ आइतबार ०७:२५:००

महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए

सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान बोलिभियालाई ५–१ ले हराउँदा नेमारले दुई गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । यस खेलसँगै ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ । 

बोलिभियासँगको खेलसँगै नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका हुन् । पेलेले सन् १९५७ देखि १९७१ सम्म ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । अब नेमारले पेलेलाई पछि पारेका छन् । सन् २०१० देखि टोलीमा रहेका नेमारले एक सय २५औँ खेल खेल्दै ७९ गोल पूरा गरेका हुन् ।

५६ असिस्ट नेमारको नाममा छ । पेलेको ८२ वर्षको उमेरमा गत डिसेम्बरमा देहवसान भएको थियो । नेमार र पेलेपछि ब्राजिलका लागि सर्वाधिक गोल गर्ने तेस्रो खेलाडीमा रोनाल्डो पर्छन् । रोनाल्डोले सन् १९९४ देखि २०११ सम्म खेल्दा ९८ खेलमा ६२ गोल गरेका छन् । 

रोनाल्डोपछि चौथो स्थानमा रोमारियो छन् । सन् १९८७ देखि सन् २००५ सम्म रोमारियोले ७० खेलमा ५५ गोल गरेका छन् । पाँचौँ नम्बरमा जिको छन् । सन् १९७६ देखि १९५७ सम्म जिकोले ७१ खेल खेल्दै ४८ गोल गरेका हुन् । 

ब्राजिलले बोलिभियालाई हरायो 
ब्राजिलले विश्वकप छनोटको पहिलो खेलमा बोलिभियालाई ५–१ ले हराउँदै विजयी सुरुवात गरेको छ । खेलमा नेमारले दुई गोल गरे । यसअघि नेमारले खेलको १७औँ मिनेटमा पेनाल्टी चुकाउँदा ह्याट्रिकबाट टाढा रहन पुगेका हुन् । नेमारको प्रहार गोलकिपर विली विस्काराले बचाएका थिए । यसै सिजन साउदी प्रो क्लब अल हिलाल पुगेका नेमारले ६१औँ र ९० मिनेटपछिको इन्जुरी समयमा गोल गरेका हुन् ।

यसअघि युवा खेलाडी रोड्रिगोले २४औँ र ५३औँ मिनेटमा गोल गरेका हुन् । एक गोल राफिन्हाको नाममा रह्यो । बोलिभियाका लागि एक मात्रै गोल भिक्टर अब्रोगोले ७८औँ मिनेटमा गरेका थिए । अघिल्लो दिन मात्रै अर्जेन्टिनाले इक्वेडरलाई हराउँदै तीन अंक जोडेको थियो ।