१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:२१:oo

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो। उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा छन्।

गत भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शर्मालाई संसदीय सुनुवाइका लागि परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिशमशेर राणाले जानकारी दिए।

१० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि शर्मामाथि संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

ad
ad