१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
विदुर पौडेल सिन्धुली
२o८१ बैशाख २५ मंगलबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२० किलो चाँदीसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:५७:oo

अवैध रूपमा ल्याइएको २० किलो चाँदीसहित दुईजना पक्राउ परेका छन्। विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५–च १०६९ नम्बरको निजी कारबाट उक्त परिणाममा चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

चाँदीसहित पक्राउ पर्नेमा चालक मोरङ जिल्ला विराटनगर महानगरपालिका– ५ का २५ वर्षीय रोहितकुमार यादव र सप्तरी जिल्ला राजविराज नगरपालिका– ८ स्थायी ठेगना भई हाल मोरङ जिल्ला विराटनगर महानगरपालिका– ४ बस्ने ३७ वर्षीय सेचन मानन्धर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गएराति ३ बजेको समयमा प्रहरीको नियमित चेकजाँचको क्रममा जिल्लाको गोलञ्जोर गाउँपालिका– ५ खनियाँखर्कमा रहेको गढी प्रहरी चौकीबाट खटिएको प्रहरी उक्त चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए।

कार चेकजाँचको क्रममा गाडीको पछाडिकाे सिटमुनि लुकाइछिपाई ल्याएको तारवटा प्लास्टिकको पोकाहरूमा चाँदी फेला परेको र चाँदी तौल गर्दा २० किलोग्राम देखिएको सिलवालले बताए। चेकजाँच गर्दा चाँदी फेला परेपछि उनीहरूसँग बिल माग गर्दा बिल नभएपछि अवैध नै भएको ठहर गर्दै नियन्त्रणमा लिएको सिलवालले बताए। 

उक्त चाँदीको बजारमूल्य २४ लाख ६१ हजार सात सय ६० रुपैयाँबराबरको रहेको उनले बताए। बिपी राजमार्ग हुँदै अवैध सुनचाँदी ओसारपसार हुने गरेको आशंकामा प्रहरीले केही दिनदेखि निजी सवारीसाधन पनि चेकजाँच गर्न थालेकाले उक्त परिणाममा चाँदी बरामद गर्न सफल भएको सिलवालले बताए। थप अनुसान्धानका लागि आन्तरिक राजस्व कार्यालय पठाउने तयारी भइरहेको पनि सिलवालले बताए। 
 

ad
ad