मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ११ सोमबार १५:४६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेन्ट्रल फाइनान्स नारायणगढद्वारा ग्यास सिलिन्डर र चुलो वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ११ सोमबार १५:४६:००

सेन्ट्रल फाइनान्स लिमिटेड नारायणगढ शाखाले ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँको देवघाटधामस्थित श्रीहरिहर–सन्यास–आश्रममा उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधुसुधन पौड्यालले सेन्ट्रल फाइनान्सले देशको समग्र आर्थिक विकासमा पुर्‍याएको योगदानबारे प्रकाश पार्दै उक्त आश्रमलाई २० थान ग्यास सिलिन्डर र एक थान ठूलो ग्यास चुलो हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा श्रीहरिहर–सन्यास–आश्रमका श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज तथा आश्रमका कक्षा ६ देखि १२ सम्म र विद्यापीठ तहदेखि आचार्य तहसम्मका विद्यार्थी, साधु, सन्त, ब्रह्मचारी र अन्य पदाधिकारीहरू तथा सेन्ट्रल फाइनान्स लिमिटेड नारायणगढ शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।