१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ ९ शनिबार १६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी परियोजना लागू हुन दिँदैनाैँ : सिपी गजुरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ ९ शनिबार १६:४५:००

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू हुन नदिने चेतावनी दिएको छ।

सो पार्टीका नेता सिपी गजुरेलले राष्ट्रघाती एमसिसी परियोजना संसदबाट पास भए पनि आफूहरूले लागू हुन नदिने बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित ‘एमसिसी खोरजी र फिर्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ बाट एमसिसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरूले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे।

‘अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन। कुरा के हो भने उनीहरूले त्यहाँ पारित गरे पनि अब यहाँको सरकारले चाहिँ लागू गर्न पाउँदिन भन्ने अधिकार सरकारलाई छ। लागू नगर्ने अधिकार नेपाली जनतालाई छ। त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले हामीले गर्न खोजेको के हो भने त्यो संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौँ,’ उनले भने।

नेता गजुरेलले श्रीलंका सरकारले संसदबाट पारित भएपछि एमसिसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे। उनले एमसिसी परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने चेतावनी दिए।