मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ३ आइतबार १०:५०:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ३ आइतबार १०:५०:००

पद्मश्री साहित्य पुरस्कार २०७९ को छनोटमा परेका पाँच पुस्तकको सूची सार्वजनिक गरिएको छ । आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सार्वजनिक गरेको उत्कृष्ट पाँच पुस्तकको सूचीमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तक छन् । 

यसअघि प्रतिष्ठानले १८० पुस्तकमध्येबाट १५ वटा पुस्तक छानेर उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये ५ पुस्तक सर्टलिस्टमा परेका हुन् । यसैमध्येबाट एक पुस्तकले पद्मश्री पुरस्कार प्राप्त गर्नेछ । प्रतिष्ठानले ०६३ देखि पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ ।