Read Time : < 1 मिनेट
२०८० भदौ १ शुक्रबार ०६:३३:००
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गको शेर्पा मलमा रहेको हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने जनाइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले देशभमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।