मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३० मंगलबार १६:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

वामपन्थी आन्दोलन समाप्त पार्न माधब नेपाल हदैसम्म गिरेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३० मंगलबार १६:२३:००

एमाले अध्यक्ष केपी ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।

मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन्। तत्कालीन समयमा आफूहरूलाई सिध्याउने षड्यन्त्र भएको दाबी गर्दै ओलीले आफूले संसद् विघटन गरेर सो डोरी छिनालिदिएको दाबी गरे।

‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍याैँ । हामीले ठीक ठानेर गर्‍याैँ, ठीक भनेर गर्‍याैँ। ठीक थियो र गर्‍याैँ। नगरी नहुने थियो र गर्‍याैँ। बिल्कुलै समसामयिक कदम चाल्यौँ। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुन्ड्याएर मार्ने जुन डोरी उनीहरूले बनाएका थिए, त्यो डोरी हामीले काटिदियौँ,’ उनले भने।

अध्यक्ष ओलीले माधव नेपाल वामपन्थी आन्दोलन समाप्त पार्न हदैसम्म गिरेको आरोपसमेत लगाए। नेपालले दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएकाे उनको भनाइ थियो।

ओलीले भने, ‘बिचरा माधव नेपाल। नाम त नलिए हुने हो । तर, यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए, कहाँ गएनन् ? के गरेनन् उनले ? प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए। दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए।’