१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरमा पहिरोले दुई घर पुरिए, त्रिभुवन राजपथ अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३१:oo

शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैँसेमा दुईवटा घर पुरिएका छन्।

भैँसे बजारनजिकै खसेको पहिरोले स्थानीय रामकृष्ण देउलाको घर पुरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। ब्लकले बनाएको र टिनको छानो भएको २ वटा कच्ची घरमाथिबाट आएको पहिरोले पुरिएको प्रवक्ता कार्कीले बताए।

पहिरोले घर पुरिए पनि मानवीय तथा पशुचौपाया क्षति भने नभएको कार्कीको भनाइ छ। घटनास्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको छ।

पहिरोका कारण त्रिभुवन राजपथको भीमफेदी–भैँसे सडकखण्डसमेत अवरुद्ध भएको छ। त्रिभुवन राजपथ अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर संघीय राजधानी आवतजावत गर्ने सवारी साधनहरू सडकमै रोकिएका छन्।

ad
ad