१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

होटेल संघको सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:२६:oo

होटेल संघ नेपालको सुदूरपश्चिम प्रदेश तदर्थ समिति गठन भएको छ। धनगढीका होटेल व्यवसायी दिनेशराज भण्डारीको संयोजकत्वमा जगदीशचन्द्र भट्ट, मानसिंह साउद, ज्ञानेन्द्र गुप्ता र पुष्पराज कुँवर गरी पाँच सदस्यीय समिति गठन भएको हो।

उक्त समितिलाई संघका केन्द्रीय अध्यक्ष विनायक शाहले ह्यान पिन लगाएर जिम्मेवारी सुम्पिएका छन्। उक्त सभाकाे सभापतित्व गर्दै होटेल संघ नेपालका अध्यक्ष विनायक शाहले सातै प्रदेश र ७७ जिल्लामा संघको उपस्थिति रहने जनाउँदै सुदूरपश्चिम प्रदेशले पर्यटन विशेष गरी होटेल उद्योग प्रवर्द्धन र विकासमा सहयोग पुग्ने बताउँदै योजनासहित अगाडि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिममा होटेल संघ नेपालको उपस्थितिले प्रदेश पर्यटन विकास र विस्तारमा सघाउ पुग्ने बताए। पर्यटन प्रवर्द्धनमा अगाडि बढ्दै गएको सुदूरपश्चिम प्रदेश केन्द्रीय होटेल संघको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा यस प्रदेशको पहिचान रहने काम गर्न आग्रह गरे।

कार्यक्रमको समन्वय गर्दै क्षेत्रीय होटेल संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले प्रदेश गठनबारे खुसी व्यक्त गर्दै आगामी दिनमा प्रदेश पर्यटन प्रवर्द्धनमा नवगठित समितिले प्रदेश पर्यटन प्रवर्द्धनमा केन्द्रीय ह्यानसँगको सहकार्यमा उल्लेखनीय कार्य गर्ने बताए।

ad
ad