१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीमा आजबाट नेपाल र तामाङ पनि सरकारी कामकाजीको भाषा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:३७:oo

बागमती प्रदेशमा आज सोमबारबाट नेपाल र तामाङ भाषा सरकारी कामकाजी भाषाको रूपमा प्रचलनमा आउने भएका छन्। 

बागमती प्रदेश सरकारले सोमबार बिहान ९ बजे काठमाडौंको वसन्तपुरमा एक सार्वजनिक समारोहबीच नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा घोषणा गर्दै छ। 

बागमती प्रदेश सरकारले आयोजना गर्ने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याइएको घोषणा गर्ने कार्यक्रम छ। 

यसअघि प्रदेश सरकारले प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा ल्याएको थियो। २३ कातिकमा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्थाअनुसार वैशाख २४ गते नेपाल र तामाङ भाषालाई प्रदेशको कामकाजी भाषाको रूपमा कार्यान्वयन हुने व्यवस्था गरिएको छ।

यस्तै, गत बुधबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा नेपाल र तामाङलाई कामकाजीको भाषाको रूपमा घोषणा गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार सोमबारबाट पहिलो चरणमा प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय र स्थानीय तहको बोर्ड र लेटरहेडमा नेपाली भाषासहित तामाङ र नेपाल भाषा उल्लेख गरी कार्यान्वयन थालिनेछ। 

नेपाल र तामाङ भाषालाई प्रदेश सरकारको कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन आज २४ वैशाखमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

ad
ad