१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ६ आइतबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र दक्षिण काेरियाका सात पर्वताराेहीले गरे जुगल- १ काे सफल आराेहण

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १३:o१:oo

नेपाली र दक्षिण काेरियाका सात पर्वताराेहीले भर्जिन हिमाल जुगल- १ काे सफल आराेहण गरेका छन्।

दाेस्राे प्रयत्नमा उनीहरूले ६५९१ मिटर उचाइ चुम्न सफल भएका हुन्। प्रधानमन्त्री प्रचण्डले ६ वैशाखमा पर्वताराेहीलाई खादामाला लगाएर त्यसतर्फ बिदाइ गरेका थिए।

दुई दिनमै आधार शिविर पुगेका टाेलीले सानाठूला प्रयत्न धेरैपटक गरेका थिए। तर, मुख्य प्रयास दुईपटक गरेका थिए। टाेलीले जुगल हिमालकाे चुचुराेमा नेपाल र दक्षिण काेरियाकाे झण्डा फहराएका छन्। नेपाल- काेरिया कूटनीतिक सम्बन्धकाे ५० वर्ष पुगेकाे अवसरमा याे अभियान तय गरिएको हाे।

‘जुगलकाे शिखरमा पुग्दा कल्पनाको स्वर्ग पुगेकाे अनुभूति भयाे,’ टिमलिडर काेरियाली पर्वताराेही ओम ओंगिलले भने।

उनले सातजनाकाे टिमले भर्जिन हिमाल जुगलकाे सफल आराेहण गरेकाे राजधानी काठमाडौं फर्केपछि जानकारी दिए। उनले नेपाल र काेरियाकाे सम्बन्ध जुगल हिमालजस्तै अटल र उचाइमा पुगेको उनले सुनाए।

उनीसँगै काेरियाली पर्वताराेही कु यी उन सु, किम दाेङ जिन, ब्याक जाेन मीन, ओम टे चुल र नेपाली लाक्पा देण्डी शेर्पा र लामा बाबु शेर्पाले जुगलकाे सफल आराेहण गरेका हुन्।

टाेलीले २१ वैशाख दिउँसाे ३:४० मा शिखर टेकेकाे अभियानका सहजकर्ता तथा पर्यटन क्षेत्रमा लामाे समयदेखि क्रियाशील मीनबहादुर तामाङ मिलनले जानकारी दिए। आराेहणकाे व्यवस्थापन जुगल गाउँपालिकाले गरेकाे थियाे। 
 

ad
ad