१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण २४ बुधबार ११:३२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

योग थाल्दा नगर्नुस् यी गल्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण २४ बुधबार ११:३२:००

मानसिक र शारीरिक स्वास्थ्यका लागि योग फाइदाजनक छ । त्यही कारण अनलाइन र युट्युबमार्फत योगका विषयमा जानकारी लिएर योग थाल्नेको संख्या ठूलो छ । यदि तपाईं पहिलोपटक योग गर्दै हुनुहुन्छ भने केही कुरा ख्याल गर्नुपर्छ । नत्र, सामान्य गल्तीका कारण योगको नकारात्मक असर पर्न सक्छ ।

श्वासप्रश्वासको ख्याल राख्नुस् : योगमा श्वासप्रश्वासको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले कतिवेला सास लिने र छाड्ने भन्ने विषयमा पर्याप्त जानकारी लिएर मात्रै योग सुरु गर्नुपर्छ । 

खाली पेट : योग खाली पेटमा गरिन्छ । खाना खाइसकेपछि योग नगर्नुहोला । बिहान खाली पेटमा गर्नु सबैभन्दा उत्तम हुन्छ । तर, यदि बिहान गर्न सकिँदैन भने पनि केही खाएको तीन घन्टापछि मात्रै योग गर्नुस् । त्यस्तै, योग गरेलगत्तै खाना नखानुस् । शरीरलाई थोरै आराम दिएपछि मात्रै खानपिन सुरु गर्नुस् । 

आरामदायी कपडा : योग गर्दाको समय आरामदायी कपडा लगाउनुस् । धेरै टाइट कपडा नलगाउनुस् । यसले शरीरको मांसपेशीमा असर गर्छ । त्यस्तै, विभिन्न योगाभ्यास गर्दा कपडा च्यातिने डर पनि रहन्छ । 

वार्मअप : योग वा कुनै पनि व्यायाम गर्नुअघि वार्मअप गर्नुपर्छ । सीधै म्याटमा बेसर आसनको मुद्रा लिनु राम्रो हुँदैन । बरु, शरीरलाई सक्रिय राख्ने गरी पहिले स्ट्रेचिङ गर्नुस् । 

गाह्रो योग नगर्नुस् : पहिलोपटक योग गर्नेले आधारभूत आसनबाट योगाभ्यास सुरु गर्नुपर्छ । मुस्किल योगासन नगर्नुस् । यसले तपाईंलाई चोट लाग्ने खतरा रहन्छ । त्यस्तै, गलत मुद्रामा नबस्नुस् । कुन आसनमा कसरी बस्ने भनेर पर्याप्त जानकारी लिनुस् ।