मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २१ आइतबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाका पहिरोपीडितलाई एसएस फाउन्डेसनको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २१ आइतबार १४:०६:००

बिहीबार दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेसनले सहयोग गरेको छ। फाउन्डेसनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत फाउन्डेसनले यज्ञका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेको हो। कार्यक्रममा लिङ्देनसहित फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठ, समाजसेवी सुन्दरप्रकाश खड्कालगायत कार्यक्रममा उपस्थित थिए।

बिहीबारको पहिरोमा यज्ञसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए। यस्तै, उनका साढे दुई वर्षको नातिको मृत्यु भएको थियो। 

हाल यज्ञ थामीको मनमोहन कार्डियोथाेरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा उनकी श्रीमती र बुहारीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ। उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको हो।