मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
२०८० श्रावण १७ बुधबार १९:५८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम सरकारले पायो पूर्णता

Read Time : < 1 मिनेट
२०८० श्रावण १७ बुधबार १९:५८:००

गठन भएको करिब ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आज दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका हुन्। 

नेपाली कांग्रेसका शिवराज भट्टले आन्तरिक मामिला तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको सपथ लिए। 

प्रदेश प्रमुख देवराज जोशीले बुधबार नै दुवै नवनियुक्त मन्त्रीलाई शपथ गराए।
बुधबारै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरी नियुक्त भएका छन्। उनलाई पनि मुख्यमन्त्री शाहले शपथ गराए। 

कांग्रेस संसदीय दलका नेता शाह गत २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, आफ्ना सरोकार सम्बोधन नभएको भन्दै नागरिक उन्मुक्तिले सरकारमा सहभागिता जनाउन अस्वीकार गर्दा झन्डै ६ महिनादेखि सरकारले पूर्णता पाउन सकेको थिएन।