१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तेस्रो कोदो दिवस सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२६:oo

‘कोदोको बहार : दिगो, पौष्टिक र स्वादिष्ट आहार’ मूलनाराका साथ तेस्रो कोदो दिवस सम्पन्न भएको छ।

१५ साउनलाई कोदो दिवसको रुपमा स्थापित गर्न कोदो र पौष्टिकता, खाद्य परिकार र यसको प्रसार तथा व्यवसायीकरणको सम्भावनाबारे अन्तर्क्रिया गरी कोदो दिवस मनाइएको हाे। 

संघीय सरकारका साथै तहगत सरकार, राष्ट्रिय एवं अन्तराष्ट्रिय संघ/सस्था र सरोकारवालाहरूको समन्वयमा यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसको रुपमा स्थापित गराउने उदेश्यले विभिन्न कार्यक्रमकाे समेत आयाेजना गरिएको छ। 

यसका लागि एफएओ नेपाल, अनाज नेपाल र मिलन महिला कृषक समूह काभ्रेको संयुक्त आयोजना थता मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा मण्डनदेउपुर–६, कालिकास्थानमा कार्यक्रमकाे आयोजना गरिएको थियो। कोदोलाई खाद्यान्न बालीको रुपमा विकास गर्नका लागि सरकारी निकायबाटै पहल गर्ने कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसीले बताए। 

ad
ad