१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १४ सोमबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १o:५४:oo

बजारमा धेरै ब्रान्डका स्मार्टवाच पाइन्छन् । खरिद गर्नुअघि तपाईंले यसका फिचर्स राम्ररी चेक गर्नुपर्छ । हेल्थ ट्र्याकर र हर्ट बिट ट्र्याकर भएका स्मार्टवाच मात्रै किन्नुपर्छ । 

जसरी व्यायामका दौरान तपाईंलाई हर्ट बिट जान्न जरुरी हुन्छ । त्यस्तै, निद्रापछि पनि तपाईंलाई कति समय गहिरो निद्रा प¥यो भनेर जान्न जरुरी हुन्छ । गहिरो निद्राको समय कम हुँदा मानिसको दैनिकीमा असर गरिरहेको हुन्छ ।

त्यसैले स्लिप ट्र्याकर फिचर पनि तपाईंको स्मार्टवाचमा समावेश हुनु राम्रो हुन्छ । अटो ब्राइटनेस सेन्सर भएका स्मार्टवाच किन्नु राम्रो हुन्छ । जसकारण, अँध्यारो हुँदा पनि घडीको ब्राइटनेस आफैँ नियन्त्रणमा आओस् र अँध्यारोमा पनि समय हेर्न सकियोस् । 

स्मार्टवाचमा फोन गर्न मिल्ने, म्यासेज रिड गर्ने र सोसल मिडिया फिचर्सका सुविधा हुनुपर्छ । ताकि, कुनै पनि नोटिफिकेसन मिस नहोस् । 

आजकल हरेक कम्पनीले अलग–अलग साइज, मोडेल र कलरका घडी बजारमा ल्याइरहेका छन् । तपाईंले आफ्नो रोजाइअनुसार किन्न सक्नुहुन्छ । तर, कुनै पनि स्मार्टवाचको ब्याट्री ब्याकअप ६–७ दिनको हुन आवश्यक छ । 

ad
ad