Skip This
प्रेरक प्रसंग : विवाह गर्नु कि नगर्नु ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : विवाह गर्नु कि नगर्नु ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:o७:oo

दार्शनिक सुकरातका कैयौँ शिष्य थिए । तीमध्ये एक शिष्य बिहे गरौँ कि नगरौँ भन्ने गम्भीर द्विविधामा थिए । उनले यस विषयमा आफन्त र भाइसाथीसित सल्लाह पनि लिए । सबैले आआफ्नै ढंगले सल्लाह दिए । कसैले विवाह नगरी नहुने सल्लाह दिए भने कसैले विवाह गरेर झन्झटमा नफस्न सल्लाह दिए । 

सबैको सल्लाहपछि उनी के गर्ने र के नगर्ने भन्ने धर्मसंकटमा परे । उनले उचित निर्णय लिन सकेनन् । त्यसैले, उनी गुरु सुकरातबाट यस विषयमा सल्लाह लिने निर्णयमा पुगे । सुकरातको वैवाहिक जीवन सुखद थिएन, कष्टप्रद थियो । त्यसैले, सबैले यस विषयमा उनले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने सोचेका थिए । तर, शिष्यको जिज्ञासा सुनिसकेपछि उनले शान्त भावमा उत्तर दिए– तिमीले विवाह गर्नुपर्छ बाबु ! गुरुको सल्लाह सुनेपछि शिष्यले प्रश्न गरे– तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि गुरु ? 

शिष्यको प्रश्न सुनेपछि सुकरात मुसुक्क हाँसे र जवाफ दिए– तिमीलाई असल पत्नी प्राप्त भएको अवस्थामा तिम्रो जीवन सुखमय हुनेछ । तिमीलाई सफलतातर्फ लम्किन सहज हुनेछ । किनकि, तिम्रो सफलतापछि पत्नीको हात हुनेछ । केही गरी मेरीजस्ती कर्कश पत्नी प्राप्त भएको अवस्थामा तिमी दार्शनिक बन्न सक्छौ । अर्थात्, विवाह कुनै पनि कोणबाट घाटाको व्यापार होइन । घर जाऊ र खुरुक्क विवाह गर ।

ad
ad
ad
ad