Skip This
भारतको उत्तरी क्षेत्रमा अत्यधिक तातो हावा, तापक्रम ५० डिग्री सेल्सियस पुग्याे 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

भारतको उत्तरी क्षेत्रमा अत्यधिक तातो हावा, तापक्रम ५० डिग्री सेल्सियस पुग्याे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:o२:oo

विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ।

गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम सहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)का अनुसार दिल्ली, हरियाणा, पञ्जाव, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ। यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पूर्वानुमान विभागले गरेको छ। 

प्रतिकूल मौसमबाट बालबालिकालाई बचाउनका लागि दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा आठसम्मका विद्यालयहरू बन्द गरिएको छ। 

उष्ण लहरसँगै गर्मीका कारण हुने विविध स्वास्थ्य समस्यापछि खासगरी सहरी क्षेत्रमा अधिकारीहरूले अतिआवश्यकबाहेकको अवस्थामा घरबाहिर ननिस्कन र छहारीमा बस्न नागरिकहरूलाई आग्रह गरेको छ। 

ad
ad
ad
ad