Skip This
नेपालले आज क्यानडासँग पहिलो ‘वार्मअफ म्याच’ खेल्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले आज क्यानडासँग पहिलो ‘वार्मअफ म्याच’ खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १२:४६:oo

आइसिसी टी–२० विश्वकपको तयारीका क्रममा अमेरिकामा रहेको नेपालले आज क्यानडासँग पहिलो वार्मअफ म्याच खेल्दै छ। 

नेपाली समयअनुसार राति पौने १० बजे हुने खेलमा नेपालले क्यानडाको सामना गर्नेछ। नेपालले क्यानडासँग तीनवटा वार्मअफ म्याच खेल्नेछ।

नेपाल दोस्रोपटक टी–२० विश्वकप खेल्ने तयारीमा छ भने क्यानडा पहिलोपटक विश्वकपमा पुगेको हो। 

नेपालले पहिलोपटक टी–२० विश्वकप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्मअप खेल खेल्दै छ । 

नेपालले आफ्ना दुवै अभ्यासका लागि टेस्टराष्ट्रको सामना गर्न पाउने अपेक्षा गरेको थियो। तर, आइसिसीले यसपटक पनि नेपाललाई टेस्टराष्ट्रसँग भिड्ने वातावरण बनाएन।

ग्रान्ड प्रेरी मैदानमा हुने खेलमा ठूलो अन्तरको जितसहित आत्मबल बलियो बनाउने पक्षमा नेपाल रहेको छ। नेपाल विश्वकपको तयारीका लागि एक महिनादेखि अमेरिकामा अभ्यास गरिरहेको छ।

अमेरिका र वेस्टइन्डिजले संयुक्त रूपमा विश्वकप आयोजना गर्दैै छन्। १ जुनबाट सुरु हुने विश्वकपमा नेपालले पहिलो खेल ५ जुनमा नेदरल्यान्डस्विरुद्ध खेल्नेछ। ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशसँग खेल्नेछ।

ad
ad
ad
ad