Skip This
एमाले धनकुटाको अध्यक्षमा लिम्बू विजयी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमाले धनकुटाको अध्यक्षमा लिम्बू विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १२:४६:oo

नेकपा एमाले धनकुटाको जिल्ला अध्यक्षमा शिव आङ्ला लिम्बू निर्वाचित भएका छन्। आठौँ अधिवेशनबाट जिल्ला कमिटीको पदाधिकारीमा लिम्बूसहित प्यानल नै निर्वाचित भएका छन् भने सदस्यमा पनि अधिकांश लिम्बूको प्यानलबाट निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न भएको अन्तिम मतपरिणामअनुसार आङ्ला लिम्बू तीन सय १४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी निरेन तामाङले दुई सय सात मत मात्र प्राप्त गरे। त्यसैगरी उपाध्यक्षमा लिम्बू प्यानलकै चिन्तन तामाङ निर्वाचित भएका छन्। 

उनले दुई सय ९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मनोज राईले दुई सय सात मत मात्र प्राप्त गरे। जिल्ला कमिटीको सचिवमा दुई सय ९६ मत प्राप्त गर्दै लिम्बू प्यानलबाट पर्शुराम नेपाल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी शेरबहादुर लिम्बूले एक सय ९६ मत मात्र प्राप्त गरे।

यता उपसचिवको खुलातर्फ लिम्बू प्यानलबाट नैन विश्वकर्मा र महिलातर्फ तुलसी राई निर्वाचित भएका छन्। विश्वकर्माले दुई सय ९३ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गोपाल भट्टराईले एक सय सय ८७ मत मात्र प्राप्त गरे।

महिलातर्फ उपसचिवमा राईले दुई सय ६५ मत ल्याएर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले दुई सय २६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

शनिबार सुरु भएको जिल्ला कमिटी धनकुटाको आठौँ अधिवेशन नयाँ नेतृत्व चयनका लागि आइतबार साँझ मतदान सुरु भएको थियो। निर्वाचनमा पाँच सय ४८ जना प्रतिनिधि सहभागी भएका थिए।

९० सदस्यीय जिल्ला कमिटीमा नेतृत्व र पदाधिकारीका लागि दुईवटा प्यानल बनाएर आकांक्षीहरू प्रतिस्पर्धामा उत्रिएका थिए। उक्त अधिवेशनको एमालेका केन्द्रीय उपाध्यक्ष युवराज पराजुलीले उद्घाटन गरेका थिए। 
 

ad
ad
ad
ad