Skip This
बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनी, भारतमा लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Wednesday, 12 August, 2026
२o८१ जेठ १३ आइतबार १८:३o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनी, भारतमा लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:३o:oo

बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउन लागेपछि जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

आँधीले आइतबार मध्यराततिर बंगलादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ। भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बंगालको सागर टापु र बंगलादेशको खेपुपारा क्षेत्रमा एक सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ।

बंगलादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले मुलुकको तटीय क्षेत्रमा आँधी आश्रयबाट मानिसहरूलाई निकाल्न चार हजार स्वयंसेवक खटाइएको बताए। सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ।

भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घन्टाका लागि बन्द रहनेछ। बंगलादेशले दक्षिणपूर्वी सहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्द गरेको छ।

बंगलादेशी अधिकारीहरूले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि रोकेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजलाई घाटहरूबाट गहिरो समुद्रमा लैजान सुरु गरेका छन्।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बंगालको खाडीमा यो पहिलो आँधी हो। भारतको पश्चिम बंगाल राज्यका तटीय जिल्लाहरूमा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बंगाल र बंगलादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान छ।

यस्तो आँधीले रुखहरू उखेल्न सक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनहरूलाई ठूलो क्षति गर्न सक्ने विज्ञप्तिमा बताइएको छ। भारतका तटहरू प्रायः आँधीहरूबाट प्रभावित हुन्छन्। तर, जलवायु ढाँचामा भएको परिवर्तनका कारण आँधी थप तीव्र भएको छ। रासस