Skip This
बागमतीको नीति तथा कार्यक्रम स्वीकृत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
२o८१ जेठ १४ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीको नीति तथा कार्यक्रम स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:१३:oo

आज बागमती प्रदेश सभामा प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश सभा बैठकमा पेस गर्ने निर्णय गरेको हो।

सरकारको प्रवक्ता एक आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको नीति तथा कार्यक्रम सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तु गरिने जानकारी दिए।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए। उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सरकारको आगामी आर्थिक वर्ष कृषि, पर्यटन, शिक्षा र रोजगारी प्राथमिकता दिइएको छ।

कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सरकारले विगत एक वर्षमा निर्माण गरेको नीतिलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रमहरू तय गरेको उनले बताए।

ad
ad
ad
ad