Skip This
अत्यधिक गर्मीले वीरगन्जका विद्यालय तीन दिन बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
रासस वीरगञ्ज
२o८१ जेठ १४ सोमबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अत्यधिक गर्मीले वीरगन्जका विद्यालय तीन दिन बन्द

Read Time : < 1 मिनेट
रासस, वीरगञ्ज
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:२८:oo

अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो।

वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए।

‘वीरगन्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न–गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ।’

भोलि अर्थात् मंगलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ। महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताए।

महानगर शिक्षा समितिको ०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी)का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो। गत वैशाख २० गतेदेखि वीरगन्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो।

महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन्। सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ।

ad
ad
ad
ad