१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ८ सोमबार १७:१६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ८ सोमबार १७:१६:००

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ। 

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ। उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ। प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ। जसलाई दुई समूहमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा नेपालसँगै बंगलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन्। उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बंगलादेश भिड्नेछन्। सबै खेल भुटानको चांलिमिथाङ रंगशालामा हुनेछन्।