छन्द कविता वाचनमा मोक्षदा प्रथम

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

प्रोग्रेसिभ एजुकेसनल फोरमका तर्फबाट सिद्धार्थ हाई स्कुलमा आयोजित छन्द कविता वाचन प्रतियोगिताको छात्रातर्फ मोक्षदा स्कुलकी सोनिमा श्रेष्ठ प्रथम भएकी छिन् । 

प्रतियोगिता २१०औँ भानुजयन्तीको अवसरमा आयोजना गरिएको थियो । प्रतियोगितामा ज्ञानदीप शिक्षा सदनकी सिम्रन कोइराला, दुर्गाभवानी एकेडेमीकी दिवास्ना धमला र न्यु सनसाइनकी सजिना श्रेष्ठले क्रमशः द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गरे । 

त्यसैगरी, सोही प्रतियोगिताको छात्रतर्फ निमोनिकका शुभम भण्डारी, दुर्गा भवानीका समुद्र तामाङ, मोक्षदा स्कुलका पूर्वक क्षेत्री र ज्ञानदीपका स्वस्तिक ढकाल क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ घोषित भए । 

विजयी प्रतियोगीलाई प्राज्ञ देवी नेपालले पुरस्कार प्रदान गरे । कार्यक्रममा प्राज्ञ देवी नेपाल, कवि देवु लुइँटेल र कवि गणेश खतिवडालाई अभिनन्दन गरिएको थियो । कार्यक्रम फोरमकी अध्यक्ष सीता भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

सुझावित समाचार