१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पेरिसडाँडामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:३२:oo

नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । नर्भिक अस्पतालबाट उनको पार्थीव शरीर पेरिसडाँडा ल्याइएको हो । 

आज दिउँसो १ बजेसम्म दाहालको पार्थीव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हाे।     

ad
ad