१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
आफ्नै घरमा साङ्लोले बाँधेर राखिएका ओमप्रकाश थारु उद्धारपछि नेपालगन्जस्थित मानवसेवा आश्रममा औषधि सेवन गर्दै ।
२o८१ बैशाख १८ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फलामको साङ्लोले बाँधेर बन्धक बनाइएका मनोरोगीकाे उद्धार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:o२:oo

साङ्लोले बाँधेर राखिएका एक मनोरोगीको मानवसेवा आश्रमले उद्धार गरेको छ। साङ्लोले बाँधेर यातना दिएको खबर पाएपछि गुलरिया नगरपालिका ५, बर्दियाका २७ वर्षीय ओमप्रकाश थारूको उद्धार गरिएको आश्रमका संयोजक उर्विन सापकोटाले जानकारी दिए।  

विगत ५–६ वर्षदेखि मनोरोगबाट पीडित थारूलाई परिवारका सदस्यले फलामे साङ्लोले बाँधेर घरमै बन्धक बनाएका थिए। आर्थिक आभाव र अशिक्षाका कारण केही महिनादेखि उनलाई घरमै फलामे साङ्लो बाँधेर राखिएको परिवारका सदस्यलाई उद्धृत गर्दै सापकोटाले बताए। 

स्थानीयले दिएको सूचनाको आधारमा उद्धारको लागि टोली त्यहाँ पुगेको थियो। उनको मानसिक तथा शारीरिक अवस्थाको बारेमा केही समय जानकारी लिएपछि उनलाई नेपालगन्ज ल्याइएको सापकोटाले बताए। 

‘गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतम, गुलरिया नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मुमबहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरिप्रसाद चौधरी र स्थानीयवासीको रोहबरमा ओमप्रकाशलाई मानवसेवा आश्रम, नेपालगन्ज ल्याइएको छ,’ उनले भने। 

मनोचिकित्सकको सल्लाहबमोजिम अहिले थारूको औषधि उपचार सुरु गरिएको छ। आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन तथा उनीहरूको दिगो व्यवस्थापनमा सहयोग गर्दै आएको आश्रमले जनाएको छ।

राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने उद्देश्य राखी मानवसेवा आश्रमले सडक मानवहरूको मानवोचित व्यवस्थापनका निम्ति वैशाख १, २०७९ देखि नेपालगन्जमा सेवा सञ्चालन गरिरहेको छ।

हाल आश्रममा चार बालबालिका, पाँच महिला, ३६ पुरुष गरि ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडकआश्रित मानवहरू आश्रित छन्।


 

ad
ad