१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२०८० असार ७ बिहीबार ०८:१९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मेहेलेमा पुग्यो हेलिकोप्टरबाट राहत सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
२०८० असार ७ बिहीबार ०८:१९:००

ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्‍याइएको छ । सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा कोसी प्रदेशबाट केही स्वास्थ्य सामग्री, त्रिपाल तथा नेपाल रेडक्रस सोसाइटीले दिएको कम्बलका साथै लत्ताकपडा, टेन्ट, १० सेट भाँडाकुँडासहित केही सामग्री पुर्‍याएको हो । 

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले मंगलबार राहत सामग्री पुर्‍याएको बताइन् । तर, पीडित परिवारले अझैसम्म राहत सामग्री आइनपुगेको बताएका छन् । स्थानीय सरकार भए–नभएको केही महसुस नभएको पीडितको भनाइ छ । अहिलेसम्म खाद्य सामग्री कतैबाट नआएको उनीहरूले गुनासो गरे । जिल्ला प्रशसान कार्यालय ताप्लेजुङले निकालेको तथ्यांकअनुसार ताप्लेजुङमा ६७ घर जोखिममा छन् । तीनजनाको मृत्यु भएको र अन्य तीनजना बेपत्ता छन् । 

स्थानीय तहका वडा कार्यालयले भने विभिन्न ठाउँमा भयावह भएको र धेरै घर जोखिममा रहेको भन्दै फरक तथ्यांक सार्वजनिक गरेका छन् । मेहेलेमाका विभिन्न ठाउँमा ठूलो संख्यामा मानिसहरू एक ठाउँमा बसिरहेका छन् । विद्यालय तथा सुरक्षित ठाउँमा बसेका पीडित आ–आफ्ना घरमा गएर पशु चौपायलाई घाँस तथा पानी दिएर नीलगिरि माध्यमिक विद्यालयमा बस्दै आएका छन् ।