१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इन्डियन प्रिमियर लिग : ज्याक्सले बनाए ४१ बलमै शतक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o५:oo

इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल्स च्यालेन्जर्स बेंग्लोरका विल ज्याक्सले इन्डियन गुजरात टाइटन्सविरुद्ध ४१ बलमै शतकीय इनिङ खेलेका छन् । उनले आक्रामक ब्याटिङ गरी आइपिएलको ४५औँ खेलमा आइतबार बेंग्लोरलाई २४ बलअघि नै जित दिलाए । पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा तीन विकेटको क्षतिमा २०० रनको योगफल खडा गरेको थियो ।

ज्याक्सले पाँच चौका र १० छक्का प्रहार गरी शतकीय योगदान दिँदा बेंग्लोरले १६ ओभरमा एक विकेटको नोक्सानीमा २०६ रन बनायो । लगातार दोस्रो खेलमा बेंग्लोरले जित निकाल्दा विराट कोहली ७० रनमा नटआउट रहे । उनले ६ चौका र तीन छक्का प्रहार गरे । दुवै खेलाडीले दोस्रो विकेटका लागि ६४ बलमा १६६ रनको साझेदारी 
गरेका थिए । 

अर्धशतकीय इनिङ्स खेलेपछि ज्याक्स आक्रामक देखिए । उनले १५औँ ओभरमा २९ तथा १६औँ ओभरमा २८ रन बटुलेका थिए । बेंग्लोरलाई जितका लागि १ रन आवश्यक रहँदा ज्याक्सलाई पनि शतकीय इनिङ्स खेल्न ६ रन आवश्यक थियो । उनले अनुभवी बलर रसिद खानविरुद्ध छक्का प्रहार गरी शतक पूरा गरे । 

गुजरातका रसिद र मोहित शर्मा खर्चिला देखिए । रसिदले चार ओभरमा ५१ तथा मोहितले दुई ओभरमा ४१ रन खर्चिएका थिए । दुवै बलर विकेटविहीन रहे । यसअघि ब्याटिङ गरेको गुजरातका लागि सई सुदर्शनले नटआउट ८४ तथा साहरूख खानले ५८ रनको योगदान दिए । साहरूख र सईबीच तेस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो । सई र डेभिड मिलरबीच चौथो विकेटका लागि ६९ रनको साझेदारी भएको थियो । मिलरले १९ बलमा २६ रन बनाए । सईले ४९ बलमा आठ चौका र चार छक्का प्रहार गरे । साहरूखले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । मिलरले दुई चौका र एक छक्का ठोके । 

कोहलीले पूरा गरे पाँच सय रन
चालू आइपिएलमा कोहली उत्कृष्ट फर्ममा छन् । उनले १० खेलमा पाँच सय रन पूरा गरेका छन् । चालू आइपिएलमा पाँच सय रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । उनले १० इनिङ्समा एक शतक तथा चार अर्धशतक प्रहार गरेका छन् । यस क्रममा उनले ३३९ बलमा ४६ चौका र २० छक्का प्रहार गरे । कोहलीले गुजरातविरुद्ध १६औँ ओभरमा एक रन लिँदै पाँच सय रन पूरा गरेका हुन् । उनले आफ्नो अर्धशतक केवल ३२ बलमा बनाए । दोस्रो स्थानमा गुजरातका सई सुदर्शशन छन् । उनले १० खेलमा दुई अर्धशतकको मद्दतमा ४१८ रन बनाएका छन् । 

ad
ad