१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंकिङ प्रणालीबाट बाहिरियो सात अर्ब निक्षेप

१० दिनमा कर्जा प्रवाह तीन अर्बले घट्यो, वाणिज्य बैंकहरूबाट चार अर्ब निक्षेप बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:५३:oo

१० दिनमा बैंक तथा वित्तीय संस्थाबाट सात अर्ब निक्षेप बाहिरिएको छ । गत ४ वैशाखमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ३९ अर्ब थियो । त्यसको १० दिनपछि १३ वैशाखमा निक्षेप संकलन घटेर ६१ खर्ब ३२ अर्ब कायम भएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह तीन अर्बले घटेको छ । ४ वैशाखसम्म ५१ खर्ब पाँच अर्ब कर्जा प्रवाह भएकोमा घटेर १० दिनपछि ५१ खर्ब दुई अर्ब कायम भएको छ । 

निक्षेप बाहिरिनेमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकको छ । वाणिज्य बैंकहरूबाट चार अर्ब निक्षेप बाहिरिएको छ । ४ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप संकलन ५४ खर्ब २४ अर्ब रहेकोमा १३ वैशाखमा ५४ खर्ब २० अर्ब कायम भएको छ । यस अवधिमा वाणिज्य बैंकहरूको कर्जाप्रवाह पनि चार अर्बले घटेको छ । ४ वैशाखमा ४५ खर्ब १६ अर्ब रहेको कर्जा प्रवाह घटेर १३ वैशाखमा ४५ खर्ब १२ अर्ब कायम भएको छ । 

निक्षेप बाहिरिने क्रम बढ्दै जाँदा कर्जा निक्षेपको अनुपातमा (सिडी रेसियो)समेत चाप पर्न थालेको छ । ४ वैशाखमा ८०.८२ प्रतिशत रहेको यस्तो अनुपात ११ वैशाखमा बढेर ८०.८६ प्रतिशत कायम भएको छ । १० दिनमा निक्षेप घटेको भए पनि पछिल्लो दुई दिनमा निक्षेपमा वृद्धि भइरहेको देखिन्छ । बैंकहरू निक्षेप संकलनमा ११ वैशाखसम्म ओरालो लागे पनि त्यसपछि बढेको हो । ४ देखि ११ वैशाखसम्म आइपुग्दा १३ अर्बले निक्षेप बाहिरिएको थियो । त्यसपछिको दुई दिनमा आठ अर्बले निक्षेप बढेको छ । 

 

 


 

ad
ad