१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबार प्रवेशका लागि इगेट पास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o४:oo

सिंहदरबार प्रवेशका लागि सोमबारदेखि इगेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ । जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन् । गेटबाट पास लिनुपर्ने प्रावधान छ ।

सिंहदरबार पास डट जिओभी डट एनपीमा गएर पासका लागि अनुरोध गर्न सकिने र स्वीकृत भएपछि जारी हुने गृह मन्त्रालयले जनाएको छ । सो वेबसाइटमा गएर सुरुमा आफ्नो परिचयपत्र अपलोड गरेर प्रक्रिया पूरा गरेपछि मन्त्रालयले त्यसलाई स्वीकृत गर्नेछ ।

सिंहदरबारको प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन इगेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । परीक्षणपछि सबै मन्त्रालय र निकायमा इगेट पास प्रणाली सञ्चालनमा ल्याइने गृह मन्त्रालयले जनाएको छ ।

 आन्दोलनकारीबाट क्षति भराइने 
विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएमा आयोजकले नै क्षतिको बिगो तिर्नुपर्ने भएको छ । गृह मन्त्रालयले यससम्बन्धी छुट्टै कार्यविधि बनाएको छ । सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानले स्वीकृत गरेका हुन् । 

सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ को नियम ९ अनुसार कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । आन्दोलनमा भएको क्षति मूल्यांकनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने र सो समितिको सिफारिसका आधारमा बिगो भराइने कार्यविधिमा उल्लेख छ ।

ad
ad