मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Sunday, 13 July, 2025
कमलराज भट्ट काठमाडौं
२o८o जेठ ३१ बुधबार १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समितिमा मिलेन कुरा, जालसाजी गरी फसाउन खोजेको उजुरीकर्ताकाे आराेप

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार १५:३२:oo

संसदीय सुनुवाइ समिति र उजुरीकर्ताबीच कुरा नमिलेपछि आज बोलाइएको बैठक स्थगित भएको छ। 

छलफलका लागि गएका उजुरीकर्ताले सुरुमै समितिको वैधतामाथि प्रश्न उठाएपछि अन्योल बनेको बैठक दुई पक्षको सहमतिपछि छलफलको वातावरण बनेको थियो। 

समिति र उजुरीकर्ताबीच सुरुमा समितिको वैधता र मोलालिटीमाथि छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइको प्रक्रियाबारे छलफल गर्ने सहमति भएको थियो। 

तर, छलफलका लागि बैठक कक्ष प्रवेश गरेका उजुरीकर्तासँग समितिले वैधता र मोडालिटीमाथि छलफल नै नगरी सीधै उजुरीको सुनुवाइमा प्रवेश गराएर जालसाजी रूपमा फसाउन खोजेको वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठको आरोप छ। 

उजुरीकर्ताले छलफल गर्न नमानेपछि तपाईंको समय सकियो भनेर निकालेको अधिवक्ता श्रेष्ठले बताए।

समितिका अध्यक्ष पशुपतिशमशेर जबरा बैठक छोडेर निस्केपछि ज्ञानेन्द्र कार्कीले ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका थिए। कार्कीले जालसाजी गरेको उजुरीकर्ताको आरोप लगाए। 

समितिका सदस्य रमेश लेखकले भने, ‘भोलि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की आउनुहुन्छ। सुनुवाइ हुन्छ।’ 

३८ जना उजुरीकर्तामध्ये २० जनाले बैठक बहिष्कार गरेका छन्। अरू उजुरीकर्तासँग छलफल भइरहेको छ। समितिमा गएर छलफल गर्न नमानेको उजुरीकर्तालाई पनि मान्यता दिने समितिको निर्णय छ। 

भाेलि बिहान ८ बजे हरिकृष्ण कार्कीलाई बाेलाउने निर्णय भएकाे छ।सातजनासँग एक्लाएक्लै र अरूसँग सामूहिक छलफल भएकाे  अध्यक्षता गरेकाे ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए।