मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
२०८० जेठ २४ बुधबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेटमा घोराही–तुलसीपुर चारलेन सडक समावेश नगर्नु दुःखद : सांसद शर्मा

Read Time : < 1 मिनेट
२०८० जेठ २४ बुधबार १४:३८:००

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले घोराही–तुलसीपुर चारलेन सडकलाई बजेटमा समावेश नगर्नु दुःखद रहेको बताएका छन्। 

बुधबार राष्ट्रिय सभामा बजेटका विषयमा भएको छलफलमा उनले घोराही–तुलसीपुर साबिक राप्तीकै लाइफ लाइन भएको भन्दै यसलाई बजेटमा सम्बोधन हुनुपर्नेमा त्यसो हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे। 

त्यस्तै, उनले तुलसीपुर– १२ स्थित टरिगाउँ एयरपोर्ट नेपालकै ऐतिहासिक र पुरानो विमानस्थल भएपछि यसमा पनि उपेक्षा परेका बताएका छन्। 

उनले टरिगाउँ एयरपोर्टलाई बजेटले उचित सम्बोधन गर्नुपर्नेसमेत बताए । त्यस्तै, उनले माडी–दाङ डाइभर्सनलाई बजेटमा समावेश नगरेकामा पनि गुनासो गरे।

माडी–दाङ डाइभर्सन दाङको सिँचाइ क्षेत्रका लागि एकदमै महत्वपूर्ण आयोजना रहेको उनको भनाइ छ।