मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २३ मंगलबार २१:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिव शिखर सहकारी ठगीका तीन अभियुक्त जेल चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २३ मंगलबार २१:४२:००

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर मल्ल तथा सो संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मालाई थुनामा पठाउने आदेश दिएको हो । 
गत शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १० जनाविरुद्ध मुद्दा दायर गरेको थियोे । 

भक्तपुरका निक्षेपकर्ताहरूको जाहेरी लिई अनुसन्धान गरेर सरकारी वकिलमार्फत सिआइबीले मुद्दा दायर गरेको हो । भक्तपुरका एक हजार चार सय ३९ जनाले सिआइबीमा जाहेरी दिएका थिए । 

७५ करोड ३२ लाख रुपैयाँको जाहेरी प्रहरीमा परेको छ । यद्यपि, भक्तपुरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयमा सदस्य रहेकाहरूको एक अर्ब ७१ करोड निक्षेप देखिएकाले त्यसलाई समेत मागदाबीका रूपमा अदालतमा मुद्दा दायर गरिएको थियो । 

३५ जिल्लामा शाखा रहेको सो सहकारीले एक लाखभन्दा धेरै सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।