१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ऊर्जाशील रहन नियमित मर्निङवाक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:oo:oo

नियमित रूपमा हिँड्नुका धेरै शारीरिक तथा मानसिक फाइदा छन् । बिहान समय निकालेर ३० मिनेट मात्रै वाक ग¥यो भने पनि शरीरका लागि धेरै फाइदा पुग्छ । कार्डियो भास्कुलर एक्सरसाइज हुन्छ । मांसपेशीहरू सक्रिय हुन्छन् । उच्च रक्तचाप भएका मान्छेले पनि मर्निङवाक गर्दा स्वस्थ रहन फाइदा पुग्छ । यसर्थ, बाहिर फ्रेस हावामा हिँड्नु शरीरका लागि धेरै फाइदा हुन्छ । 

शारीरिक फाइदा : रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसेराइड दुवै नियन्त्रण हुन्छ । कोलेस्ट्रोलले ब्लकेजको काम गर्छ र मुटुसम्बन्धी समस्या निम्त्याउँछ । मुटुरोगीले कम्तीमा ३० मिनेट मर्निङवाक गर्दा फाइदा पुग्छ । वाकिङ गर्दा शरीरमा फ्याट कम हुन्छ । जसले गर्दा कोलेस्ट्रोल, ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ । हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ । ढाडमा समस्या भएका मान्छेले चाहिँ समथर ठाउँमा हिँड्नु राम्रो हुन्छ ।

सुगर कन्ट्रोल हुन्छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । नियमित हिँड्नाले तौल नियन्त्रण भएर जान्छ । रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । खुट्टाको मसल्स पनि बलियो बनाउँछ । शरीर सन्तुलित र लचकदार हुन्छ । बिहान स्वच्छ हावामा हिँड्दा फोक्सोलाई पनि फाइदा पुग्छ । 

मानसिक फाइदा : बिहान हिँड्दा तपाईंले स्वच्छ हावाको मजा पनि लिन पाउनुहुन्छ । हरियाली, फूल फुलेको ठाउँ तथा प्राकृतिक दृश्यावलोकनले मानसिक स्वास्थ्य सुदृढ बनाउँछ । तनाव घटाउँछ र मुड राम्रो बनाउँछ । हिँड्नाले सामाजिक सक्रियता पनि बढाउँछ । साथीभाइ, परिवार र छिमेकीसँगको अन्तरक्रिया बढ्छ । तपाईंको दिनको सुरुवात नै राम्रो हुन्छ । ऊर्जाशील भइन्छ र मिठो निद्रा लाग्छ । 

नियमित हिँड्ने बानीसँग पर्याप्त पानी पिउने बानी बसाल्नुस् । खानपानमा ध्यान दिनुस् । चिल्लो खानेकुरा बन्द गर्नुपर्छ । बाहिर बनेका खानेकुरा पनि खानुहुँदैन । सकेसम्म घरमा बनाएका खानेकुरा खानुपर्छ ।

ad
ad