मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १८ बिहीबार ११:४८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्मीमा कोठा स्वच्छ राख्न... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १८ बिहीबार ११:४८:००

- नियमित सफाइले कोठा चिटिक्क मात्रै होइन, सुगन्धित पनि हुन्छ । त्यसैले नियमित रूपमा भुइँ सफा गर्नुस् । फोहोर हटाउनुस् । बेडसिट चेन्ज गर्नुस् । 

- झ्याल र ढोका खुला राख्दा ताजा हावा आउँछ । गर्मीमा किरा, फट्यांग्रा वा लामखुट्टेलाई घरभित्र छिर्न नदिनका लागि झ्यालमा जाली राख्नु राम्रो हुन्छ । 

- इन्डोर प्लान्ट्सले पर्याप्त अक्सिजन सञ्चार गराएर कोठालाई स्वच्छ राख्छ । ताजा फूलहरू राखेर कोठा सजाउन पनि सकिन्छ । त्यस्तै, ‘एयर फ्रेसनर’ पनि प्रयोग गर्न सकिन्छ । कडा खाले कमिकलयुक्त प्रडक्टको साटो प्राकृतिक क्लिनिङ प्रडक्ट प्रयोग गर्नु राम्रो हुन्छ । 

- कोठालाई भिनेगर, बेकिङ सोडा, कागतीको रसलगायतको प्रयोगले सफा गरेर वातावरणमैत्री राख्न सकिन्छ ।