Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १८ बिहीबार १०:२३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १८ बिहीबार १०:२३:००

सफा र चम्किलो ओठले मानिसको व्यक्तित्व खुलाउन निकै सहयोग गर्छ । तपाईंले घरमै गुलाफको पेस्ट बनाएर ओठमा लगाउन सक्नुहुन्छ । यसले ओठमा बेग्लै चमक ल्याउँछ । यसका लागि गुलाफको फूलका थोरै पत्तालाई पिसेर पेस्ट बनाउनुस् । थोरै मह वा नरिवलको तेलसँग यसलाई मिसाउनुस् । त्यसपछि ओठमा लगाएर १५–२० मिनेटसम्म छाड्नुस् । अनि, मनतातो पानीले पखाल्नुस् । दैनिक रूपमा यस्तो प्याक लगाउँदा हुने केही फाइदा यस्ता छन् :

मोस्चराइजेसन : गुलाफको पेस्ट यसरी लगाउनाले ओठ फुस्रो हुँदैन । चिल्लो र नरम हुन्छ । 

शीतल : ओठलाई शीतल बनाउँछ । घामको प्रकाशका कारण ओठ डढेको वा चिलाएको हुन सक्छ । यस्ता समस्यामा पनि यो प्याक प्रभावकारी छ । 

बुढ्यौली रोक्न : गुलाफमा राम्रो मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । यसले चाउरीपन रोक्न सहयोग गर्छ । 

चम्किलो छाला : गुलाफले छालालाई चम्किलो बनाउँछ । छालामा दागधब्बा पनि आउन दिँदैन र तपाईंलाई युवा देखाउँछ । गुलाफको मिठो बास्नाले मानिसको मुडलाई पनि राम्रो बनाउँछ । तसर्थ, ओठमा गुलाफको प्याक लगाउँदा तपाईंले आरामदायी महसुस गर्न सक्नुहुन्छ । 

चिकित्सकसँग परामर्श 
गुलाफको प्याक लगाउँदा सबै व्यक्तिमा एउटै प्रभाव देखिन्छ भन्ने छैन । कसै–कसैलाई एलर्जी पनि हुन सक्छ । त्यसैले पूरै ओठमा गुलाफको प्याक लगाउनुअघि थोरै भागमा मात्रै लगाएर एक वा दुईपटक परीक्षण गर्नु राम्रो हुन्छ । यदि तपाईंको छाला संवेदनशील छ वा अन्य कुनै समस्या छ भने तपाईंले यो अर्गानिक प्याकको प्रयोग गर्नुअघि छालारोग विशेषज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ ।