मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १५:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ विशेष समितिले पायो पूर्णता, प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १५:१२:oo

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समितिको रूपमा रहेको संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएको छ। आइतबार प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने १२ सदस्यको नाम अनुमोदन भएसँगै समितिले पूर्णता पाएको हो।

समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की तथा नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जिएमको नाम अनुमोदन भएको छ।

त्यसैगरी, माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर जबरा तथा जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारीले प्रतिनिधित्व गर्नेछन्।

१५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य वैशाख १३ गते नै मनोनीत भइसकेका छन्। राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा समितिमा रहनेछन्।

संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसँगै प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलेको छ। गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरिसकेको छ।