१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १५:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्वविद्यालय आविष्कार र अनुसन्धानका केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १५:o५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन्। 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक  उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिक क्षेत्रमा तपाईंहरूले विकास र रूपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा  गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्वविद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाईं प्राध्यापकहरू अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।’

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरू निर्माण गर्नेतर्फ प्राध्यापकहरूले ध्यान दिनुपर्ने उनले बताए।  

विश्वविद्यालयहरू पठ्यक्रमहरू र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताए। 

प्रधानमन्त्रीले भने, ‘विश्वको उच्च शिक्षामा सूचना प्रविधिको विकासले मानव संसासनको स्थापनमा कृत्रिम बौद्धिकताको विकास भइरहेको अवस्था छ। हाम्रा विश्वविद्यालयहरूले सूचना प्रविधिको भरपूर प्रयोग र विकास गर्ने गरी पठनपाठन गर्नु आवश्यक छ । रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्रविधि बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालयहरू पठ्यक्रमहरू र पठनपाठनहरू सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिनेछ।’

देशमा व्याप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मूल गर्दै सुशासन कामय गर्न लागिपरेको प्रधानमन्त्रीले बताए। 

प्रचण्डले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ  महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्रीले भने, ‘मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ । भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो। शैक्षिक संस्थाहरूले सदाचारको शिक्षा दिन आवश्यक छ । सुशासन र सदाचारको नमुनाको रूपमा विश्वविद्यालयहरू देखिनुपर्दछ।’

साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रमअनुसारको बजेट निर्माणमा लागेको जानकारी दिए। उच्चस्तरीय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उनले बताए।  

जटिल परिस्थितिबीच नीति तथा कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताए।

उनले भने, ‘निकै ठूलो जटिलताबीच सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ। नीति तथा कार्यक्रमअनुसारकै बजेट होस् भन्नेमा सरकार लागेको छ। अहिले मुख्यतः सात सय ५३ वटै पालिकामा कृषि उत्पानमा वृद्धि गर्ने, युवाहरूलाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने तयारीमा छौँ।’ 

जेठ १७ गते भारत भ्रमणमा जान लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसपटकको भारत भ्रमण अलि विशिष्ट र राष्ट्रिय हितलाई महत्व दिने खालको हुने विश्वास व्यक्त गरे। 

भ्रमणका क्रममा २०१९ देखि रोकिएको व्यापार पारवहनसम्बन्धी सन्धि खुलाउने प्रयास हुने, हवाई रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वर्षौँदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोेजनालाई सुचारु गर्ने, सीमा समस्या सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको बताए। साथै, नेपालको अहितमा कुनै सम्झौता तथा सहमति नगर्ने प्रतिबद्धता व्यक्त गरे।