१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:२२:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:२२:००

हामीले दैनिक आफ्नो आहारमा सलाद समावेश गरेका हुन्छौँ । काँक्रो, गाँजर, मुला, प्याजको टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो, जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ । सलादमा भिटामिन ई, भिटामिन सी र फाइबर पर्याप्त पाइन्छ । गर्मी मौसममा खानामा समावेश गर्न सकिने सलाद बनाउने तरिका : 

फ्रेन्च मेस्कुलन सलाद : यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस २०० ग्राम ( कम्तीमा पाँच प्रकारका) लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर अति नै लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।

लेबनिस कुकम्बर कर्ड सलाद : यो सलाद बनाउन जति सजिलो छ, त्योभन्दा कैयौँ गुणा स्वास्थ्यसम्बन्धी फाइदा र शीतलता प्रदान गर्छ । एउटा काँक्रोलाई स–साना टुक्रामा काटेर एउटा बाउलमा राख्ने । एक कप लो फ्याटवाला प्लेन दही लिएर एउटा लेमन निचोरेर हाल्ने । दुई मुन्टा पुदिना चप गरेर (ड्राई मिन्ट पनि प्रयोग गर्न सकिन्छ) हाल्दिने र दुई केस्रा लसुन चप गरी मिसाउने । अन्तमा स्वादअनुसार नुन हालेर मज्जाले घोल्ने र काटेको काँक्रोमा खन्याइदिने । माथिबाट दुई ड्रप जैतुनको तेल हालेर सर्भ गर्न सकिन्छ ।

ग्रिक सलाद : यो सलाद बनाउन स–साना डाइसमा दुई सय ग्राम काँक्रो काटेर एउटा बाउलमा राख्ने । तीन कलरको भेडेखुर्सानी मिसाएर ८० ग्राम र २० ग्राम डाइस टोम्याटो मिसाउने । एउटा मध्यम साइजको प्याज डाइस काटी हाल्ने र साथमा केही कालो जैतुन स्लाइस काटेर मिसाइदिने । स्वादका लागि नुन, मरिचको धुलो, ओरिगानो धुलो, रेड वाइन, भिनेगर, मस्टर्ड पेस्ट, गार्लिक र जैतुनको तेल हालेर मोल्दिने । अन्तमा २० ग्राम फेत चिज डाइस काटेर टप गर्निस गरी सर्भ गर्ने ।