राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

राप्ती नदीस्थित सिधनियाघाटमा डुबेर दुईजना युवतीको मृत्यु भएको छ।

वनभोज खान गएका वेला डुडुवा गाउँपालिका ४ स्थित राप्ती नदीको सिधानियाघाटमा नुहाउने क्रममा दुईजना युवतीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। 
 

See More On

सुझावित समाचार