मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
२०८० जेठ १० बुधबार १७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

Read Time : < 1 मिनेट
२०८० जेठ १० बुधबार १७:०९:००

राप्ती नदीस्थित सिधनियाघाटमा डुबेर दुईजना युवतीको मृत्यु भएको छ।

वनभोज खान गएका वेला डुडुवा गाउँपालिका ४ स्थित राप्ती नदीको सिधानियाघाटमा नुहाउने क्रममा दुईजना युवतीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।