१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० जेठ ८ सोमबार ०६:५५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ ८ सोमबार ०६:५५:००

एकपछि अर्को सहकारी डुबिरहेका छन्, तपाईंहरू के गर्दै हुनुहुन्छ ?
सहकारीका समस्यामा उजुरी आएपछि उजुरीको प्रकृतिका आधारमा हामीले कारबाही प्रक्रिया अघि बढाउँछौँ । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार हामीले नियमित र सघन नियमन गरिरहेका छौँ । उजुरी आएपछि या समाचार सार्वजनिक भएपछि हामीले सघन अनुगमन गर्छौं । अनुगमनका क्रममा सुधार हुने अवस्था भएमा या सम्पत्ति र दायित्वको अवस्था सकारात्मक भएमा सुधारको मौका दिन्छौँ । सुधारको सम्भावना नभएमा समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गर्छौँ । 

सहकारीका सञ्चालकहरू भाग्नुमा तपाईंहरूको नियमन फितलो भएको हो कि अन्य कारण पनि छन् ?
सहकारीहरू समस्याग्रस्त हुनुमा मुख्यतः तीन कारण छन् । पहिलो, अधिकांशमा वित्तीय क्षेत्रमा आएको समस्याका कारण तरलता अभाव भई निक्षेप फिर्ता गर्न नसकेपछि निक्षेपकर्तामा विश्वास गुम्यो । दोस्रो, मध्यम र ठूला सहकारीले ठूलो रकम घरजग्गामा लगानी गरे । घरजग्गा कारोबारमा शिथिलता आएपछि उनीहरूले बचत फिर्ता गर्न सकेनन् । तेस्रो, कतिपय सहकारीका सञ्चालकले बदमासी गरेर आफ्नै अन्य कम्पनीमा ठूलो रकम लगानी गरे । नियमविपरीत आफैँले ऋण लिए । त्यसले गर्दा समस्या बढेको हो । 

अहिले समस्यामा परेका निक्षेपकर्ताको रकम फिर्ता हुने र भविष्यमा थप समस्या नबढ्ने आधार के छ ?
सहकारीका सञ्चालक भाग्ने या उम्किने अवस्था छैन । उनीहरूको जायजेथाबाट असुलउपर गरेर निक्षेपकर्ताको रकम फिर्ता गरिन्छ । नियम र प्रक्रिया पूरा गर्न समय लाग्छ, तर कसैको रकम डुब्दैन ।