१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाटपले सुरु गर्‍यो ढल निकासमा प्रयोग हुने पाइप उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:५९:oo

निर्माण सामग्री उत्पादन तथा बिक्री–वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डिडब्लुसी) पाइपको उत्पादन सुरु गरेको छ । भारत, चीनलगायतका विश्वका विभिन्न देशहरूमा केही दशकअगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेसनअन्तर्गत नुवाकोटको मनमैजु इन्डस्ट्रिज प्रालिमा अत्याधुनिक प्रविधिसहितको मेसिनरी आयात गरी पाइप उत्पादन सुरु गरेको हो । 

दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरूमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मिमिदेखि १२०० मिमि गोलाइका पाइप उत्पादन गरिरहेको जनाइएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले केही समयअगाडि पारित गरेको डिडब्लुसी पाइपको मापदण्ड नेगुनं ५९५ चिह्न प्राप्तिको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । विगतमा भारत एवं चीनबाट आयात गरी नेपालका विभिन्न परियोजनाहरूमा उक्त डिजाइन एवं प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी उत्पादन सुरु गरेपछि आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना हुने कम्पनीको भनाइ छ ।

विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा यो पाइप जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतया जडानपश्चात् मर्मत–सम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएका कारण सहज बहाब हुने एवं बाहिरी बनोट रिङ आकारमा रहने भएकाले अत्यधिक भार बहन क्षमता रहनेलगायतका विशेषता रहेको कम्पनीको भनाइ छ ।

ad
ad